विपत्तिमा एकजुट हौ

उदयपुरका स्थानीय सरकार बीच समन्वयको कमी

शोलुसन बुधबार, चैत्र १२, २०७६

मलुकुले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुध्रिणीकरणका लागी नेपालको संबिधानले राज्य शक्तिको प्रयोग गर्ने सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई सहकारिता, सहअस्तित्व, समन्वय र पारस्पारिक सहयोगको सिद्धान्तका आधारमा ब्याबस्था गरेको छ।

संबिधानले गरेको ब्याबस्था बमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध प्रभावकारी हुन् नसकी रहेको भनेर विभिन्न टिक्का टिप्पणी भै रहेको अवस्थामा एकै जिल्लाका स्थानीय तहमा आपसी अन्तरसम्बन्ध झन कमी भएको पाइएको छ।

विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभीड-१९) को प्रभाव नेपालमा पनि देखिए पछि एक हप्ताकालागि देशभर लकडाउनको घोषणा गरिएको छ।

कोरोना पुष्टि भएकी चैत ४ मा कतार हुँदै फ्रान्सबाट आएकी युवतीसँगै आएका एक युवा उदयपुरको बेलकामा भेटिएका छन् । फ्रान्सबाट कतार एयरवेजको हवाई जहाजमा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आउने यात्रुहरुको खोजी गर्ने क्रममा ती युवक फेला परेका हुन् ।

कोरोना पुष्टि भएकी युवती सँगै सोही प्लेनमा आएका कारण ती युवामा पनि कोरोना संक्रमण हुन सक्ने सम्भावना हुने भन्दै आम नगारिकले चासो दिए। ‘बेलका–३, रातापानीको प्रगति टोल घर भएका विद्यानन्द चौधरीलाई चेकजाच सहित क्वारेन्टाइनमा राख्न जरुरी थियो।

तर संकास्पद चौधरीलाई धरान सम्म पुर्याउन बेलकानगर सँग व्यक्तिगत सुरक्षा व्यवस्था (पीपीई)सहित प्रोटेक्टिभ एम्बुलेन्स नभएका कारण चेकजाचका लागि अस्पताल पुर्याउने अबस्था थिएन। आफु स्थानीय सरकारको मेयर भएको समेत बिर्सिएर बेलाकाका मेयरले प्रदेश सरकार, जिल्ला प्रसाशन लगाएत अन्यलाई दोष देखाउदै आफ्नो कुनै जिम्वेवारी र भूमिका नरहने अभिब्यती दिए ।

उदयपुरकै अर्को पुरानो नगरपालिका त्रियुगा नगरले कोरोना सम्भावित बिरामीलाई उपचारको ब्याबस्था गर्न तीन वटा निःशुल्क ‘प्रोटेक्टिभ एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरे पनि बेलका नगरका चौधरीले अन्तिम समय सम्म एम्बुलेन्स पाएनन।

अन्त कतै एम्बुलेन्सको ब्यबस्था नभएपछि त्रियुगाबाट गएको एम्बुलेन्सले संकास्पद चौधरीलाई धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान छाडिदियो। विज्ञान प्रतिष्ठानमा चौधरीको स्याम्पल लिने काम भयो। स्याम्पल लिसकेपछि उनलाई क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले उनलाई धरानबाट क्वारेन्टाइन स्थल सम्म पुर्याउन कुनै एम्बुलेन्स पाइएन। त्रियुगा नगरको एम्बुलेन्स पुर्याएर फर्की सकेको थियो।

आफ्नै जिल्लामा कोरोना संक्रमित युवा हुन सक्ने आसंका गरेपनि उदयपुरका स्थानिय तहले बेलका नगरका मेयरलाई कुनै ढाडस दिएनन त्यसैले उनले हतोत्साहित हुदै अरुलाई दोष देखाए। संक्रमित भएको हुन सक्ने आसंका गरिएका युवालाई क्वारेन्टाइन सम्म नपुर्याई एम्बुलेन्स फर्काउने त्रियुगानगर पनि खासै यस बिषयमा संबेदनशील देखिएन।

यस्तो महामारीको बेला एक ले अर्कालाई सहयोग गर्नु पर्ने बेलामा एक अर्कालाई आरोप लगाउदै पन्छिन खोज्नु अहिलेको विपत्तिको समाधान अबस्य हैन त्यसैले जिल्ला नगर बासीलाई सहित सबै नेपालीलाई समान रुपमा हेरेर एक आपसमा जुटेर जानुको विकल्प छैन।

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।