संसदीय कोषको रकम कोरोना भाइरस विरुद्धको संघर्षमा खर्च गरौं : राजेन्द्र महतो

शोलुसन आइतबार, चैत्र ३०, २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संसदीय विकास कोषको रकम कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको संघर्षमा खर्च गर्न सरकारलाई आग्रह गरेका छन् । नेता महतोले आइतवार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको यस अवस्थामा संसदीय विकास कोषको रकम कोरोना विरुद्धको संषर्षमा प्रयोग गर्न आग्रह गरेका हुन् ।

संघीय र प्रादेशिक संसदीय विकास कोषको बाँकी रहेको रकमलाई संबन्धित संसदीय क्षेत्रमा स्थानीय तह र वडामार्फत सर्वदलीय संयन्त्र बनाई द्रूत गतिमा राहत र कोरोनाविरुद्धको संघर्षमा खर्च गर्न आग्रह गर्दै उनले त्यसका लागि तत्काल नियम कानुन संशोधन गरि अबिलम्ब आवश्यक व्यवस्था गर्न केन्द्रीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

उनले आगामी आर्थिक वर्षहरुको संसदीय बजेटलाई स्वास्थ्य,कृषि, उद्योग र विपद व्यवस्थापनको लागि सरकारले प्रयोग गर्ने गरि आवश्यक नीति योजना बनाउन पनि आग्रह गरेका छन् । उनले प्रादेशिक सरकार र पालिकाहरु ले मानवीय रुपमा संवेदनशील भई संक्रमण नियन्त्रण तथा क्वारेन्टाइनलाई व्यवस्थित ढंगलले सञ्चालन गर्न आग्रह गरेका छन् ।

प्रतिपक्षमा रहेका राजनीतिक पार्टीहरु समेतले सरकारलाई सहयोग गरेपनि सरकारभित्रै समन्वयको अभाव रहेको टिप्पणी गर्दै सरकारकै कारणले कोरोना भाइरसको नियन्त्रण कार्य सन्तोषजनक नदेखिएको उनले टिप्पणी गरेका छन् । स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचारको बारेमा अझसम्म सरकारले जनतालाई प्रष्ट पार्न नसकेको गुनासो गर्दै उनले सरकारले गरेको निर्णय अनुसार ज्यालादारी मजदुर, विपन्न र गरिबहरुलाई स्थानीय तहमार्फत दिने राहत र सहयोग पुर्याउने कुरा घोषणामा मात्र सिमित देखिएको टिप्पणी गरेका छन् ।

स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु हालसम्म व्यवस्था गर्न नसक्नुले पनि यो सरकारको काम गर्ने शैली बुझ्न सकिन्छ भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।