अमेरिकाले रोक्यो विश्व स्वास्थ्य संगठनलाई दिदैं आएको आर्थिक सहयोग

शोलुसन बुधबार, बैशाख ०३, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिदैं आएको सहयोग रोक्न निर्देशन दिएको बताएका छन्।

ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो ‘आधारभूत कर्तव्य’ पूरा गर्न चुकेको आरोप लगाएका छन्।

उनले डब्लुएचओलाई चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछेप गरेको र राम्रो प्रबन्ध गर्न नसकेको आरोप लगाएका छन्। उनले यसका लागि डब्लुएचओलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्।

डब्लुएचओको काम र कर्तव्यमा प्रश्न उठाइरहेका ट्रम्पलाई देशभित्रै कोरोना संक्रमणको रोकथाममा गम्भीर नरहेको आरोप लाग्दै आएको छ।

‘मैले मेरो प्रशासनलाई आर्थिक सहायता रोक्ने निर्देशन दिएको छु। विश्व स्वास्थ्य संगठनले गरेको कोरोना भाइरस संक्रमणको ढाकछेप र नराम्रो व्यवस्थापनको समीक्षा गरिनेछ’, ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने।

‘डब्लुएचओ आफ्नो आधारभूत जिम्मेवारी बहन गर्न असफल भएकि छ र यसका लागि उसलाई जवाफदेही बनाउनुपर्छ’, उनले थपे।

अमेरिकाको डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक दाता हो। गत वर्ष अमेरिकाले उसलाई ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो। यो रकम डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो।

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।