एकैदिन अमेरिकामा २५ सयले ज्यान गुमाए, मृतकको संख्या साढे २८ हजार

विश्वमा मृत्यु हुनेको संख्या १ लाख ३५ हजार नजिक

शोलुसन बिहिबार, बैशाख ०४, २०७७

काठमाडौं : अमेरिकामा विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ। कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ।

वल्डोमिटरले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमित थपिएका छन्। अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ।

सबै भन्दा धेरै न्यूयोर्कमा ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै न्यूयोर्क पछि न्यूजर्सीमा ३ हजार भन्दा बढीको ज्यान गएको छ। न्यूयोर्कमा २ लाख १४ हजार संक्रमित छन ।

यस्तै फ्रान्समा एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या १७ हजार १ सय ६८ पुगेको छ। फ्रान्समा १ लाख ४७ हजार बढी संक्रमित छन।

यता इटालीमा २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६५ बढी संक्रमित छन्। त्यहाँ ३८ हजार बढी निको भएर घर फर्की सकेका छन्।

त्यस्तै स्पेनमा १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या १ लाख ८० हजार बढी पुगेको छ। बेलायतमा पनि मृतकको संख्या १२ हजार ८ सय ८६ पुगेको छ। त्यहाँ ९८ हजार चार सय ७६ जना संक्रमित छन्।

विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ६ सय ३ पुगेको छ। २० लाख ८३ हजार भन्दा बढी मानिस संक्रमित छन्। त्यस्तै पाँच लाख १० हजार भन्दा बढी मानिस निको भइसकेका छन्।

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।