प्रशासन सहित अन्य सम्बन्धित निकायको बेवास्ताका कारण उदयपुर बन्यो कोरोनाको उद्गम स्थल

शोलुसन मंगलबार, बैशाख ०९, २०७७

नेपालमा कोरोरना संक्रमितको संख्या ४० पुगेको छ। आज मात्रै उदयपुरमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएपछी नेपालमा कोरोना संक्रमणको उद्गम स्थल नै बनेको छ। नेपाली नागरिक सहित बस्दै आएका भारतीय मुलका नागरिकका कारण उदयपुरमा कोरोना संक्रमण बढेको हो। उदयपुरमा कोरोना संक्रमण बढ्नुमा स्थानीय प्रशासनको बेवास्ता देखिएको छ।

त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद्मा शंकास्पद विदेशी व्यक्ति आएको बारे स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरलाई चैत्र १४ गते अर्थात लकडाउनको चौथो दिनै जानकारी गराए पनि प्रशासनले बेवास्ता गर्दै उनीहरुलाई यथास्थानमा छाडीदिदा उदयपुर कोर्रोना संक्रमणको उच्च चपेटामा परेको पाइएको छ।

स्थानीयहरुले पाकिस्तानी जस्तो देखिने १५–१६ जनाको संख्यामा रहेको अपरिचित व्यक्तिहरु मस्जिद्मा रहेको जानकारी गराउँदा पनि सम्बन्धित निकायले चासो नदिएका कारण आज उदयपुरका नागरिकले कोरोना संक्रमणको जोखिममा बस्न बाध्य हान परेको हो। ।

लकडाउन भएको चार दिनमै शंकास्पदहरुको चाल चलन बानी बेहोरा बारे जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अनुसन्धान कार्यालय र त्रियुगा नगरपालिकालाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको स्थानीयहरुले गुनासो गरेका छन् ।

सम्बन्धित निकायमा खबर गर्नेहरुमध्ये भुल्केका एक स्थानीयका अनुसार बिदेशी नागरिक जस्तो देखिनेहरु मस्जिद्मा रहेकोले अनुगमन गरिदिन जिल्ला प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि कान नसुने जस्तो गरेको आरोप लगाएका छन् ।

यस्तै त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार मोथियाहीको मस्जिद्मा पनि सोही मानिसहरु आएर बसेको प्रशासनलाई जानकारी गराउँदा पनि खासै वास्ता नगरेको बताए ।

लकडाउनको समयमा मस्जिद्मा विदेशी आएर गुपचुप बसकाले त्रियुगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलाई सूचना दिएको स्थानीय पत्रकार यदुप्रसाद ढकाल बताउँछन् । पत्रकार ढकालका अनुसार संकास्पद बिदेशी आएर बसेको खवर प्रशासनलाई पुर्याएर क्वारेन्टाइनमा राखिदिन आग्रह गरे पनि प्रशासनले बेवास्ता गर्दै उनीहरुलाई सोही स्थानमा छाडिदीदा उदयपुर कोरोना संक्रमणको उच्च जोखिममा परेको हो।

उनीहरुलाई प्रशासनले बिना निगारानी सोही स्थानमा छाडिदिएका कारण उनीहरुले आफ्नो क्रियाकलाप रोकेनन धेरै स्थानीय सँग सम्पर्कमा आए त्यस कारण उदयपुर कोरोना संक्रमणको उच्च जोखिममा परेको ढकालको भनाई छ।

चैत्र १४ गते जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहित वडाध्यक्ष र प्रहरीले अनुगमन गरेर ८ भारतीय र ४ नेपाली रहेको र उनीहरुलाई कुनै लक्षण देखा नपरेको देखिए पछि लकडाउनमा मस्जिद् भित्रै बस्न अनुरोध गरेर छाडेको त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले बताए ।

उदयपुरमा कोरोना संक्रमणको पुष्टि भएकाहरु सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको नेपाल इज्तिमा कार्यक्रममा भाग लिएको पाइएको छ।

उनीहरुसँगै बोदेबर्साइनमा भएको कार्यक्रममा उदयपुरबाट पाँच सयको हाराहरीमा सहभागी भएको अनुमान गरिएको छ । उनीहरु सार्वजनिक यातायातमार्फत त्रियुगा नगरपालिकाकै पाँच सयको हाराहरीमा त्यस कार्यक्रममा सहभागी भएको अनुमान छ । उनीहरु गाईघाट, देउरी, जलजले, भुल्के, मोथियाही लगायत त्रियुगा नगरपालिका भित्रका मस्जिदबाट गएका थिए ।

संक्रमितहरुलाई उपचारको लागि विराटनगर स्थित कोरोना विषेश अस्पतालको आइसोलेशनमा लगिसकीएको छ । नेपाली सेनाको छाउनी अस्पतालका मेजर डा. प्राची रायमाझीको नेतृत्वमा आएको ४ जनाको टोलीले करिब २ सय ५० जनाको स्वाब संकलन गरिरहेको छ ।

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।