उदयपुरमा १ सय ५ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

शोलुसन शनिबार, बैशाख १३, २०७७

उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा १ सय ५ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सय १२ जना मध्ये १ सय ५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । थ्रोट स्वाब (पिसिआर) विधिबाट गरिएको परिक्षणमा सबैको रिपोर्ट आएको हो।

त्रियुगा नगरपालिका ३ भुल्केमा मात्रै कोरोना संक्रमितको संख्या २८ पुगेपछि त्यहाँ आसपास क्षेत्रका सबैको स्वाब परिक्षण गरिएको थियो ।

त्रियुगा नगरपालिका २ मोथियाहीको ४ महिला सहित २० जना, चौदण्डीगढी नगरपालिकाको सिवाई लगात स्थानका ५ महिला सहित ५८ र स्वास्थ्यकर्मीको १४ महिला सहित २७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

एक विद्यार्थी सहित बैदेशिक रोजगारबाट फर्केका ४ जना मध्ये एक जनामार्फत कोरोना भित्रिएको हुन सक्ने अन्तिम निचोडमा पुगेको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिए । अव उनीहरुको बारेमा डिटेल जानकारी लिने बताए ।

अब कटारी नगरपालिकाको २ जना र बेलका नगरपालिका ७ मैनामैनीको ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।