आज मन्त्रिपरिषद् बैठक बस्ने, लकडाउन थप कडा र ७ देखि १० दिन लम्ब्याउने तयारी

काठमाडौं : आज मंगलबार मन्त्रिपरिषद् बैठक बस्‍ने भएको छ। देशमा जारी लकडाउन अर्को एकसाता देखी १० दिन सम्म लम्ब्याउने तयारीका साथ मन्त्रिपरिषद् बैठक बस्‍न लागेको हो। कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी लकडाउन लम्ब्याउनेबारे छलफल र निर्णय गर्न मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बस्‍न लागेको हो। मंगलबार ११ बजे बस्ने मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा […]

संसदीय कोषको रकम कोरोना भाइरस विरुद्धको संघर्षमा खर्च गरौं : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संसदीय विकास कोषको रकम कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको संघर्षमा खर्च गर्न सरकारलाई आग्रह गरेका छन् । नेता महतोले आइतवार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको यस अवस्थामा संसदीय विकास कोषको रकम कोरोना विरुद्धको संषर्षमा प्रयोग गर्न आग्रह गरेका हुन् । संघीय र प्रादेशिक संसदीय […]

लकडाउन तत्काल खुल्दैन – प्रधानमन्त्री

काठमान्डाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ लाई फैलिन नदिन जारी लकडाउन तत्काल नखुल्ने स्पष्ट पारेका छन्। हिजाे शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन्। बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पारेका […]

डेढ घण्टामै उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नपाइने

काठमाडौं लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न नसकी पछि हटेको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो […]

सांसदको तलव काटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुविधा थपौं: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदको तलव काटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा रहेर काम गर्नेहरूलाई सुविधा थप गर्न आग्रह गरेका छन्। नेपाल प्रहरी र केही ठाउँका स्वास्थ्यकर्मीको पारिश्रमिक पनि काटेर राहत कोषमा संकलन गरेको खबर आइरहेका बेला सांसद थापाले सांसदलगायत कम जोखिममा रहेर काम गर्नेहरूको तलव काट्न आग्रह गरेका हुन्। ‘महासंकटकाे यो घडीमा, हामी सांसदलगायत कम […]

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आज पुनः देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज विहान ११ बजे सम्बोधन गर्न लागेकाे प्रधानमन्त्रीको सचिवाले जनाएकाे छ। प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए। उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत […]

लकडाउनको मिती सर्यो, अब २५ गते मध्यरातसम्म

मन्त्रिपरिषद्ले आइतबार साँझ कोरोना भाइरस संक्रमको जोखिमका कारण लक डाउन अवधि आठ दिनलाई थप्ने निर्णय गरेको छ। त्यस्तै सरकारले विपन्न परिवार र प्रत्यक्ष असर पर्नेका लागि राहतको घोषणा पनि गरेको छ। अब चैत २५ गते मध्यरातसम्म लक डाउन अवधि कायम रहेको छ। अन्तर्राष्ट्रिय आवागमन वैशाख ३ गतेसम्म स्थगन गर्ने निर्णय पनि सरकारले गरेको छ। ढुवानी […]

एक महिनाको घरभाडा मिनाहा गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो । आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको घरभाडा मिनाहा गरे एक महिनाको घरबाहल कर छुट दिइने निर्णय सरकारको छ । सरकारी निर्णय शहरी क्षेत्रका असंगठित श्रमिकको हकमा मात्रै […]

लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ, लकडाउनको बेला के-के गर्न पाइन्छ ?

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । साथै देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको […]

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।